नागरिक उड्डयन प्राधिकरण र म्युनिक एयरपोर्ट इन्टरनेसनल बिच हवाई परियोजना सम्झौता

काठमाडौ । नागरिक उड्डयन प्राधिकरण नेपाल , म्युनिक एयरपोर्ट इन्टरनेसनल र आईएचके अकेडेमी म्याचेन अण्ड ओबरबेर्न जीजीएमबीएच बिच सफलतापूर्वक सीएएएनलाई हवाई तालिम एवं प्रशिक्षण केन्द्रको रूपमा सहयोग गर्ने परियोजना सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट भविष्यको लागि दक्षिणी नेपालको पर्यटन सम्भाव्यताको लागि राम्रो अवसर रहेको बताइएको छ । नेपालको हवाईमा सहयोग एवं सहकार्य गर्ने युरोपियन एयर अपरेटरहरूको साथ विश्वास निर्माणको लागि यो सम्झौता महत्वपूर्ण रहने जर्मन एम्बेसी काठमाडौले बताएको छ ।
विज्ञान, प्रविधिर संचार प्रणालीमा भएको अभूतपूर्व विकासले समुच्च विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्व सामु प्रस्तुतगर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिबृद्धि गर्नु आवश्यक छ ।
पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधारभएकोले यस व्यवसायको विविधिकरण र विस्तारद्वारा आम नागरिकको जीविकोपार्जन रोजगारीका अवसरमा बृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भएको छ ।
यस प्रयोजनार्थ एकातर्फ नेपालका यी विविध सम्पदाको समुचित संरक्षण र सम्बद्र्धन गर्नु अत्यावश्यक भएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय हवाई यातायात सेवा लगायत पर्यटन सेवासँग सम्बद्ध सबै प्रकारका पूर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवं गुणात्मक बृद्धि गर्नु आवश्यक रहेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #नागरिक उड्डयन प्राधिकरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्