भरतपुर कारागारबाटै कैदी फरार
चितवन । चितवनको भरतपुर कारागारबाट बिहीबार साँझ एक जना कैदी फरार भएका छन् । जवरजस्ती करणीको मुद्दामा गत साउन २० गते पक्राउ परेर कैद भुक्तान गरिरहेका पुर्वी चितवनको कालिका नगरपालिका निवासी बर्ष ४५ को रेशमलाल श्रेष्ठ फरार भएको हो । श्रेष्ठ आज साँझ सवा पाँच बजेदेखी जिल्ला कारागार भरतपुर परिसर भित्रैबाट फरार भएका हुन् ।

हेर्नुहोस : चितवन प्रहरीले तालुक कार्यालयलाइ पठाइएको जानकारी
दैनिकरुपमा चौरबाट कारागारभित्र कैदीबन्दी संख्या गन्ती गरी भित्र प्रबेश गराउने क्रम्मा कैदी फरार भएको कारागार प्रशासनले जनाएको छ । कैदी फरार भएसंगै अहिले चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ र डिएसपी सुर्य बहादुर थापा स्वयं फिल्डमा खटिएका छन् । एसपी गुरुङ आफैं फिल्ड खटिएको र उनको खोजीकार्यलाइ समेत तीब्रता दिइएको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्