Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रहरी नियमावलीको भद्रा मजाक : बिभागीय कार्वाहीमा परेका हवल्दारलाइ पुन: इन्चार्ज


चितवन । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तानिएका एक प्रहरी हवल्दारलाइ पुन: सोही ठाउँमा इन्चार्ज बनाएर पठाएको पाइएको छ ।

  • प्रहरी हवल्दार प्रेमदास श्रेष्ठ

झन्डै दुई महिना अगाडी भरतपुर महानगरपालिका २५ मा रहेको अमृतचोक अस्थायी प्रहरी बिटमा कायारर्त (इन्चार्ज) प्रहरी हवल्दार प्रेमदास श्रेष्ठको कमान्डमा खटिएको प्रहरीको टोलीले मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा श्रेष्ठ सहितका सबै टोलीलाई जिल्ला तानेर कार्वाही प्रक्रियालाइ अगाडि बढाएपनि पुन: उनै ब्यक्तिलाइ इन्चार्ज बनाइ त्यहाँ पठाएका छन् ।

उसो, त प्रहरी नियमावली २०७१ को दफा ११३ को खण्ड (ग) मा ड्युटीको समयमा मादक पदार्थ सेवन गरेमा सेवाबाट हटाउन वा बर्खास्त गर्न समेत सकिने उल्लेख छ । तर, उनलाइ भने सामान्य नसिहेत मात्रै दिएर जोगाउने काम गरिएको समेत यसबाट छर्लङ्ग हुन आउँछ ।

प्रहरी नियमावली २०७१ को परिच्छेद ५ को दफा (५०) को खण्ड (१) मा कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतयाः पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा गरिने छैन समेत भनिएको छ । त्यस्तै, सोही दफाको (२) उपनियम (१) बमोजिमको अवधि नपुग्दै कुनै पनि प्रहरी कर्मचारीलाई सरुवा गर्नु परेमा सो, को कारण समेत उल्लेख गर्नुपर्ने छ भनिएको छ ।

त्यस्तै, सामान्य विवादित घट्ना नभए प्रहरी जवान समेत छ महिना पूरा नभएसम्म आफुखुशी ठाउँ परिवर्तन हुन नपाउने समेत ऐनमा स्पष्ट उल्लेख छ ।

स्रोतका अनुसार प्रहरी नियमावलीमा कार्वाहीमा परिसकेका ब्यक्तिलाइ पुन: सोही ठाउँमा इन्चार्ज दिन नमिल्ने स्पष्ट प्रावधान रहे तापनि उनै हवल्दार श्रेष्ठलाइ पुन: त्यहाँ पठाइएको छ । ईलाका प्रहरी कार्यालय सिक्रेपुरी नुवाकोट दरबन्दी भएका हवल्दार श्रेष्ठलाई डेढ महिनापछि एसपी गुरुङको आदेशमा (डिएसपी) तथा प्रहरी प्रवक्ता समेत रहेका सुर्य बहादुर थापाले नै श्रेष्ठलाइ त्यहाँको रवानामा सहि गराई पठाइएको हो । उनी संगै जिल्ला तानिएका अन्य ३ जना प्रहरी जवान भने अहिले जिल्लामै नियमित ड्युटीमा खटिदै आएको प्रहरी स्रोत बताउँछ ।

स्मरण रहोस : यसअघि शरणपुर अस्थायी प्रहरी बिटमा तीन महिना मात्रै बसेका उनी रङगशाला प्रहरी बिटमा भने एक दिन मात्रै बस्न सफल भएका थिए । त्यसपछि अमृतचोक अस्थायी प्रहरी बिट पुगेको उनी तीन महिना बित्न नपाउँदै मापसे काण्डमा सेट नै जिल्ला तानिएको थियो । त्यसपछि उनलाई लोथर चौकी पठाएकोमा पुन: जिल्लामा सरुवा भएर आएलगत्तै रंगशाला पठाएको थियो । यसरी हेर्दा दरबन्दी बाहिर रहे पनि लगातार आकर्षक पोष्टिङ पाउनेमा हवल्दार श्रेष्ठ एक भाग्यमानी प्रहरीका रुपमा रहेको चर्चा समेत चितवन प्रहरीमा चल्ने गर्छ ।

पोजपोजमा फोटो 

नेपाल प्रहरीमा कार्यरत कुनै पनि अधिकृत वा प्रहरी जवानहरुले फेसबुकमा युनिफर्म सहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा राख्न नपाउने भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले यसबारे २०७३ मा एक सर्कुलर जारी गर्दै युनिफर्मवाला तस्वीर फेसबुकमा नराख्न निर्देशन दिएको थियो । यदि, त्यस्तो तस्वीर कसैले फेसबुकमा राखेको भए तत्काल हटाउन समेत चेतावनी दिइएको थियो । प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट जारी गरिएको यस्तो सर्कुलरमा सचिवालयका डीआइजी माधवप्रसाद जोशीले हस्ताक्षर गरेका थिए ।

तर, महानिरीक्षकको सचिवालयबाटै आएको यस्तो सर्कुलर र परिपत्रलाई अझै कार्यान्वयनमा ल्याइएको छैन । सामाजिक सञ्जालमा कुनै पनि प्रहरी कर्मचारीले प्रहरी पोशाक लगाएको फोटो राख्न पाइदैन । फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सञ्जालहरुमा उक्त कार्य गर्न नपाइने भनी स्पष्ट उल्लेख गरिएको भएपनि चितवन प्रहरीमा भने अझै त्यो ब्यावहारीक रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । अस्थायी प्रहरी बिट अमृतचौकीमा कायारर्त उनै बिवादास्पद प्रहरी हवल्दार प्रेमदास श्रेष्ठले फेसबुक मार्फत पोजपोजमा फोटो खिचेर राखेका छन् ।

उनले विभिन्न मितिहरुमा उक्त तस्वीर राखेको फेसबुकमा सहजै देख्न सकिन्छ । प्रहरी सचिवालयकै  निर्देशनलाइ ठाडो चुनौती दिदै हवल्दार श्रेष्ठले फेसबुकमा फोटो राखेका हुन् । अब उनी माथि चितवन प्रहरीले एक्सन लिन्छ कि लिदैन त्यो भने हेर्न बाँकी छ ।

( तस्वीर : प्रहरी हवल्दार प्रेमदास श्रेष्ठको फेसबुकबाट )


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545