भण्डाराका प्रहरी प्रमुख गिरीको एक्सन : गाँजा सेवन तथा बिक्री गर्ने १० जना पक्राउ

चितवन । ईलाका प्रहरी कार्यालय भण्डाराले गाँजा सेवन तथा बिक्री गर्ने १० जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा भण्डाराबाट प्रहरी प्रमुख प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले राप्ती नगरपालिका वर्डा नम्बर ०४ बाट दुई किलो दुई सय ग्राम गाँजा सहित एक जना, राप्ती नगरपालिका वर्डा नम्बर १० बाट दुई जना सहित राप्ती नगरपालिका वर्डा नम्बर ०२ बाट सात जना गरी दस जनालाई गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई बिहान नौ बजे र रातीको साढे आठ बजे छुट्टाछुट्टै समयमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले गाँजा, ट्याबलेट लगायत चकलेट कैँची समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरु मध्य सात जनालाई इलाका प्रहरी कार्यालय भण्डारामा राखिएको छ भने अन्य तीन जनालाई इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको र थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राजीव गिरीले बताए । गाँजा सेवनले युवाहरुमा परेको असरलाई मध्यनजर गर्दै विशेष ध्यान दिदै आएको भण्डारा प्रहरीले कहि कतै यस्तो गतिबिधी भएको पाइए तत्कालै प्रहरीलाई सहि सुचना दिएर सहयोग गर्न समेत अपिल गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्