लागूऔषध सहित तीन जना पक्राउ

चितवन । चितवन प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा वर्डा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका – २ पुलचोकस्थित द कैलाश लज एण्ड रेष्टटुरेण्टको २०३ नंम्बरको कोठाबाट लागूऔषध डाइजेपाम -२३ एम्पुल, ब्युप्रिनुफिन-२३ एम्पुल, फेनारगन-२३ एम्पुलसहित भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने वर्ष २३ को राजेश बहादुर कार्कीलाई पक्राउ गरिएको हो ।
पक्राउ परिएका कार्कीमाथि थप सोधपुछ गर्दै जाँँदा उक्त लागु औषध भरतपुर महानगरपालिका वडा नंम्बर ११ कुमारी टोल बस्ने वर्ष २१ की एलिसा रूम्बा तामाङ र कालिका नगरपालिका वडा नंम्बर २ बस्ने बर्ष २० को रितेश गुरूङसँग लिएको भन्ने बताएपछि उनीहरु दुबैलाइ समेत नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएका मध्य एलिसा रूम्बा तामाङको कोठाबाट ३०० ग्राम लागु औषध गाँजा समेत वरामद गर्न प्रहरी सफल भएको छ ।
पक्राउ परेका माथि अनुसन्धान गर्ने क्रममा उक्त लागूऔषध एलिसा रुम्बाले रुपन्देही भैरहवा स्थित नेपाल भारतको सिमा नजिकबाट खरिद गरी ल्याईएको र राजेश बहादुर कार्की समेतका २ जना ब्यक्ति मिलेर भरतपुर १० स्थित बिक्रम मार्गबाट खुकुरी देखाएर लुटेर लगेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको चितवन प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीको भनाईं छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्