प्रहरीलाई अभद्र व्यवहार गर्ने चार जना पक्राउ
चितवन । सवारी चेकजाँचमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चितवन प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
गत, कार्तिक २२ गते राती १० बजे भरतपुर महानगरपालिका वर्डा नम्बर ०७ टाईगरचोकस्थित सडक खण्डमा बा. ७. च. ९६४९ नम्वरको कार रोकी सोधपुछ गर्ने क्रम्मा प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने माडी नगरपालिका वडा नम्वर ५ घर भई हाल भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २६ को अर्जुन लामिछाने, बर्ष ३९ को कृष्ण प्रसाद पौडेल, खैरहनी नगरपालिका वडा नम्वर १२ बस्ने बर्ष २७ की प्रमिला थपलिया र राप्ती नगरपालिका वडा नम्वर ४ भण्डारा बस्ने बर्ष २२ की रिया घर्तीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुमाथि कर्तब्य पालनमा अवरोध सृजना गरेको र प्रहरीलाई आर्थिक प्रलोभनमा समेत पार्न खोजिएकोले नियन्त्रणमा लिनु परेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्