ओलीको प्रश्न : अहिले किन राजीनामा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट गर्नुभयो ।
“तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ रु मैले मेरो लागि भनेको होइन, देशका लागि भनेको हो ।
अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन, म यो ठाउँमा आएको रहरले होइन, जनताको आवश्यकताले हो ।”, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र उत्पन्न पछिल्ला विवादतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “म यहाँसम्म आइपुगेको जालझेलबाट होइन, व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुहोस् । सरकार ढाल्न धेरै कोशिश भए, जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु छन् ।
त्यसबाट प्रभावित नहुनुहोस् । हामी देशको स्थिरताका लागि लड्छौ, स्थिरता र विकासका लागि हो ।” नेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले वर्तमान कार्यकाल पूरै अवधि सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने लगायत आन्तरिक विवाद अन्त्य गर्ने निर्णय गरेको थियो ।
पछिल्ला दिनमा नेकपाको कर्णाली प्रदेश कमिटीमा उत्पन्न विवाद, मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति आदि विषयमा शीर्ष तहमा विवाद भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्