रिच कलेजका निशान्त ल्यामो मगरले पाए कलेज सेफ आईकन’को उपाधि
काठमाडौं, २८ असार । नेपालमा पहिलो पटक आयोजना गरिएको कुकिङ रियालीटी शो ‘कलेज सेफ आईकन’को उपाधि रिच कलेजका निशान्त ल्यामो मगरले जितेका छन् ।
उपाधिसँगै निशान्तले १६,८२६ मत प्राप्त गर्दै आरती राईस, पब्लिक च्वाईस भोटिङ अवार्डका साथै शीर्ष विधा र पब्लिक च्वाईस अन्तर्गत क्रमश ५० हजार र ३५ हजार नगद राशीको पुरस्कार र अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरे ।
यसैगरी उक्त प्रतियोगिताको फस्ट रनरअप पोखरास्थित नेपाल टुरिजम होटेल म्यानेजमेण्ट कलेजकी बिनीता खत्री बनिन् । उनले १४,१७३ भोट प्राप्त गर्दै आरती राईस, पब्लिक च्वाईस भोटिङ अवार्डको फस्ट रनरअप समेत भइन् ।

त्यस्तै मदन आश्रीत टेक्निकल स्कुलकी अस्मिता दाहालले सेकेण्ड रनरअपको उपाधि हात पारिन भने पब्लिक च्वाईस भोटिङ अवार्डको सेकेण्ड रनरअप एनसिसिएस कलेजका कृष्ण तामाङ बने ।
मंगलबार राति सम्पन्न प्रतियोगिताका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विधामा पुरुस्कृत गरिएको थियो । प्रतियोगिताका विजेतालाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्ट, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कुकिङ रियालीटी शो कलेज सेफ आईकनको आयोजना ग्लोरी मिडिया र स्नेहा ट्राभल मिडिया नेपालले गरेका हुन् ।
सगतानी एक्जीमको प्रस्तुती रहेको उक्त कुकिङ रियालीटी शो कलेज सेफ आईकन कार्यक्रमको सम्पादन एग्रील्याण्ड नेपाल प्रा।लि। मा सम्पन्न गरिएका हो ।
क्याटेगोरी : विशेष
ट्याग : #कलेज सेफ आईकन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्