Techie IT
मंगलबार, असार ९,२०८३

म कुरेर बस्छु तिमी लुकेर आउनु


पारस रावल

म कुरेर बस्छु तिमी लुकेर आउनु !

दुष्मनले देख्लान आँखा छलेर आउनु !!

फोन गर्नलाई पैसा मोवाईलमा छैन!

मिस्कल गर्छु तिमी बुझेर आउनु !!

कुरा काटने कुरौटेको कमी छैन यहाँ!

नचिनिने गरी सल ओडेर आउनु !!

घरमा पनि गाह्रो होला तिमीलाई !

साथीकोमा जान्छु भनेर ढाटेर आउनु !!

( बुढीगंगा नगरपालिका वडा नं १० बाह्रबिस बाजुरा )


क्याटेगोरी : विचार/बहस
ट्याग : #पारस रावल, #बुढीगंगा नगरपालिका, #म कुरेर बस्छु तिमी लुकेर आउनु


तपाईको कमेन्ट लेख्नुहोस्