कांग्रेसको दशैं लगत्तै विरोधका कार्यक्रम घोषणा
नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने जनाएकाे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दशैं लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका छन् ।
कांग्रेसको कोभिड १९ सम्बन्धी अनुगमन टोलिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए ।
कोभिड १९ संक्रमणबाट जनताbreaking
जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए ।
सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नुभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको पनि सभापति देउवाले बताए ।
औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विरोधका कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्