अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन
अपाङ्गता भएका महिलाको नयाँ सङ्गठन अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन भएको छ । एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नारासहित ‘कोभिड १९ ले अपाङ्गता भएका महिलामाथि पारेको प्रभाव’ विषयक भर्चुअल छलफलसहित बुधबार संस्था सार्वजनिक भएको छ ।
महासङ्घमा अधिकारकर्मी निर्मला धितालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ । महासङ्घलाई शुभकामना दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले मन्त्रालयले अपाङ्गता भएका व्यक्तिका लागि केही मार्गनिर्देशिका, अधिकार सम्बन्धी नियमावली २०७७ पारित गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माले नवस्थापित महासङ्घलाई स्थानीय तहसम्म विस्तार गर्न सुझाव दिनुभएको थियो । –––
क्याटेगोरी : समाचार
ट्याग : #अपाङ्गता भएका महिला महासङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्