काँग्रेस भित्र सर्वसम्मत रूपमा सक्षम नेतृत्व: सीतादेवी यादव
नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको पुनःजागरण अभियान ः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का काँग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनुभएको हो ।
“गुटउपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म काँग्रेस बलियो हुन सक्दैन”, उहाँले भन्नुभयो । कोषाध्यक्ष यादवले पार्टीबाट निर्माण गरिएको विधान पालना नहुँदा काँग्रेस झन् कमजोर हुँदै गएको उल्लेख गर्नुभयो । क्रियाशील सदस्यता वितरणमा अनियमितता हुँदा पार्टी झन् धरासयी बन्दै गएको उहाँको भनाइ थियो । कोषाध्यक्ष यादवले जागरुक भएर सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र सङ्घर्ष, योगदान र जेलनेल भोगेका व्यक्ति पाखा लगाउँदै जाँदा काँग्रेस कमजोर हुँदै गएको बताउनुभयो ।
“जेल गएका व्यक्ति, शहीद परिवार, सङ्घर्ष, योगदान गरेका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएर नल्याएसम्म काँग्रेस बलियो हुँदैन”, उहाँले भन्नुभयो । प्रदेश सरकारले थारू समुदायलाई मन्त्रिमण्डलमा समावेश गर्न नसक्नु दुःखद कुरा भएको उहाँको भनाइ थियो । केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई बाइपास गर्दा तराईमा काँग्रेस कमजोर हुँदै गएको बताउनुभयो । “हरेक राजनीतिक आन्दोलनको नेतृत्व र संविधान निर्माणको नेतृत्व गरेको काँग्रेस निर्वाचनमा किन हा¥यो, यसको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य किरण यादवले काँग्रेस नेतृत्वले तराईलाई राम्रोसँग बुझ्न नसकेका कारण काँग्रेसले तराईमा निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गर्नुभयो । काँग्रेसभित्र क्रियाशील नभएका व्यक्तिलाई विभागमा राख्दा पार्टी झन् कमजोर हुँदै गएको उहाँको भनाइ थियो ।
पूर्वसांसद तेजुलाल चौधरीले आन्तरिक लोकतन्त्रलाई बलियो नबनाएसम्म काँग्रेस बलियो हुन नसक्ने बताउनुभयो । केन्द्रका अध्यक्ष डा कमल रिजालले काँग्रेसलाई बलियो लोकतान्त्रिक पार्टी निर्माणका लागि केन्द्रले देशभर यस्ता किसिमका विचार, विमर्श र बहस चलाउँदै लैजाने बताउनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #सीतादेवी यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्