तारकेश्वर नगरपालिकामा अहिलेसम्म ३६ जनाको कोरोना पोजेटिभ ,साङ्गला स्वास्थ चौकीलाई आइसोलेसन बनाउने
काठमाडौं । तारकेश्वर नगरपालिकामा अहिलेसम्म ३६ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
तारकेश्वर नगरपालिकाले अहिलेसम्म कोरोना संक्रमित व्यक्तिका नजिकका मान्छेहरु र जनप्रतिनिधि–कर्मचारीहरुको पिसिआर परिक्षण गरेको छ । कोरोना संक्रमितहरुलाई धेरैजसोलाई होम आइसोलेसनमा राखिएको छ भने गम्भिर अवस्था भएकाहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
जसमा तारकेश्वर वडा नं. ४ मा २ जना, वडा नं. ५ मा ८ जना, वडा नं. ७ मा १ जना, वडा नं. ८ मा ३ जना, वडा नं. ९ मा ३ जना, वडा नं. १० मा १० जना र वडा नं. ११ मा ४ जना रहेका छन् । त्यस्तै आज मात्र तारकेश्वर वडा नं. ७ र ८ को बीचमा १ जनाको कोराना पोजेटिभ देखिएको छ । कोरोना रोकथामका लागि तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोरा क्रियाशिल भएर लागेको बुझिएको छ ।
त्यस्तै वडा नं. ९ को ३ जना कोरोना संक्रमितले टोखाबाट कोरोना परिक्षण गरेका थिए । त्यस्तै अरु केही अस्पतालमा रहेकाहरुले पनि बाहिरबाट नै कोरोना परिक्षण गरेका थिए ।

तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३१६ जनाको पिसिआर परिक्षण गरेको छ । जसमा जेठ ८ गते १० जना, साउन २५ गते ११ जना, २६ गते ११८ जना, २७ गते १३५ जना, २८ गते १९ गते, २९ गते ७ जना र ३२ गते १६ जनालाई सम्पन्न भएको छ ।
तारकेश्वर ७ र ८ को सिमानामा बस्ने ३५ वर्षे पुरुषले टिचिङ अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि निजलाई अहिले टिचिङ अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै वडा नं. ९ को ३ जना कोरोना संक्रमितले टोखाबाट कोरोना परिक्षण गरेका थिए । त्यस्तै अरु केही अस्पतालमा रहेकाहरुले पनि बाहिरबाट नै कोरोना परिक्षण गरेका थिए ।
यसै बिच कारोना संक्रमितलाई राख्न साङ्गलामा अवस्थित प्राथमिक स्वास्थ चौकीलाई आइसोलेसन बनाउने अन्तिम तयारी भएको मेयर रामेश्बर बोहराले बताए ।
तारकेश्वर पत्रकार मंचको पदाधिकारीहरु संग भेटघाट कार्यक्रमको अवसरमा मेयर बोहराले बालाजुमा अवस्थित जनमैत्री अस्पताललाई क्वारेन्टाइन बनाउन जिल्ला प्रशासन कार्यलय काठमाडै , काठमाडौ महानगरपालिका संग छलफल भइरहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साङ्गला स्वास्थ चौकी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्