पर्सामा एकैदिन १३४ जनामा कोरोना संक्रमण

पर्सामा आज एकै दिन १३४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। एकै दिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएको यो नै पहिलोपटक हो।
शुक्रबार बिहान वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक गरी थप १४२ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये पर्साका मात्रै १३४ जना रहेको अस्पतालका डाक्टर मदन उपाध्यायले जानकारी दिए।
बाँकी ८ जनामध्ये बारा र रौतहटका ४ र ४ जना हुन्।यस्तै वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ५ जना सेना र ५ जना डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका २५ का २७ जना , वीरगन्ज १० का ११ जना , वीरगन्ज १३ का ४ जनामा पनि संक्रमण भेटिएको हो।
पर्सामा कोरोना संक्रमणका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको हो।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्