मनसुन प्रभाव : ५०० मेगावाट विद्युत् उत्पादन बन्द

मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो । वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन बन्द भएकाले व्यवस्थापनका लागि समेत समस्या पैदा भएको छ । बाढीका कारण प्राधिकरणको २४० मेगावाट र निजी क्षेत्रका आयोजनको २५० मेगावाट उत्पादन बन्द भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको बताउनुभयो । बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उहाँले बताउनुभयो । “विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढी भएको छ, करिब ५०० मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । आफ्ना विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट थप विद्युत् आयात गरी आपूर्तिको बन्दोबस्ती भइरहेको उहाँको भनाइ छ ।
कार्यकारी निर्देशक घिसिङले बन्द रहेका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिनुभयो । बाढीका कारण नेपालकै हालसम्मकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत गृह आज बिहान ८ बजेदेखि बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव झन् बढेर आएकाले विद्युत् गृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।
प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह पनि बन्द रहेको छ । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशीलगायतका विद्युत् गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
यस्तै वर्षाका कारण इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरुको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनसुन प्रभाव ः ५०० मेगावाट विद्युत् उत्पादन बन्द
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्