Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वरको धर्मस्थली र साङ्गलामा पनि भेटियो सलह किरा


खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह किरा काठमाडौंसहित देशका विभिन्न जिल्ला पुगेका छन् । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, काभ्रे, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर, लमजुङ, अर्घाखाँची, दाङ, पाल्पालगायतका जिल्लामा सलह किरा देखिएको जनाएको छ ।

यसै बिच आज काठमाडौको तारकेश्वर नगरपालिका अन्र्तगत धर्मस्थली र साङ्गलामा पनि सलह किरा भेटिएको छ ।

थोरै मात्रामा धर्मस्थलीमा भेटिएको धर्मस्थली निवासी अजय महर्जनले फेसबुक वालमा लेखेका छन ।
यसै बिच त्यको केही समयमा सोही नगरपालिका अन्र्तगत साङ्गामा पनि भेटिएको श्याम कार्कीले बताए ।

काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको महांकाल गाउँपालिकामा दिउँसो ३ बजे सलह देखिएको थियो । कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालका अनुसार दिउँसो ३ बजे देखिए पनि किरा काठमाडौं र ललितपुरमा बसेका छैनन् । ‘काठमाडौं र ललितपुरको आकाशमा देखिए पनि कतै बसेनन्, काभ्रेतिर गएको अनुमान छ,’ उनले भने । त्यस्तै, धादिङको धादिङबेँसीमा सानो संख्यामा सलह किरा देखिएका छन् । चितवनको खैरहनी, कालिका र भरतपुर महागरपालिकाको दिव्यनगरमा देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सलह किरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545