राप्रपा प्रदेश निर्वाचन: भारी मतले थूसा विजयी
प्रदीप ढकाल ,भक्तपुर
आश्विन ३०, मंगलवार।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भक्तपुर जिल्लामा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गरेको छ । भक्तपुरमा रहेको ४ वटा प्रदेशनिर्वाचन क्षेत्र मध्य ३ क्षेत्रमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् भने क्षेत्र नं. १ ‘ख’ मा भने निर्वाचन भएको छ । यहाँ किसन थूसाले भारीमतअन्तरले विजयी भएका हुन् ।
यसैबीच अन्य प्रदेश अन्तर्गत क्षेत्र १ प्रदेश (क) मा बद्री भडेल अध्यक्ष सहित १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएका छन् भनेक्षेत्र २ प्रदेश (क) मा मोहन के सीको अध्यक्षतामा १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र २ प्रदेश(ख) मा भनेरत्नमान चन्द्योको अध्यक्षतामा १५ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएका छन्। यसैबीच आजै मंगलवार भक्तपुरमा आयोजितएक समारोहका बीच नवनिर्वाचित अध्यक्ष सहितका पदाधिकारी र सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नवनिर्वाचित अध्यक्ष सहित सदस्यहरुले निर्वाचन अधिकृत बद्रीप्रसाद नेपालबाट शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रमुख अतिथि पुर्बमन्त्री तथा (राप्रपा) केन्द्रीय कार्यसम्पादन सदस्य टंक ढकाल रहेका थिए भने कार्यक्रममाबिशेष अतिथि राप्रपा केन्द्रीय सहमहामन्त्री रबिन्द्र प्रताप शाहको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा २०८० को वडा दशैं, शुभदिपावली, नेपाल सम्वत् ११४४ र छठपर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान पनि गरिएको थियो।
क्याटेगोरी : निर्वाचन बिशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्