कोरोना कहर : दुबाइको होटेलमा काम गर्ने नेपालीहरुको कथा
राजाराम अधिकारी
बिगत ७ बर्ष देखी दुबाइको होटेलमा काम गर्दै आएको छु । बिगत केहि समयदेखी कोरोना को कारण धेरै जसो नेपाली लगायत बिश्व बासिकै जनजिवन दयनिय बन्दै गएको कुरा सर्बबिदितनै छ ।प्राय जसो सबै कम्पनीहरु,होटेलहरु बन्द भ्एको अवस्था र दैनिक कोरोना को बड्डदो सन्क्रमित को कारण जनजीवन मा साह्रै असर पुगेको छ ।
सनातिना कम्पनी हरु बन्द हुने अवस्था र प्राय बन्द भैसकेका कम्पनीहरुले गर्दा केहि नेपालीहरु बिचल्लिमा समते पुगेका छन ।एक जना नजिकका साथी भिजिट भिसमा दुबाई मा रहेर काम सुरु गर्दै गरेका चितवनका राजु मल्ल को ब्यथा पनि उस्तै छ ।भिसिट भिसबाट केहि दिन पछी कम्पनी को भिसा लगाउछु भन्दा भन्दै कम्पनी कोरोना को कारण बन्द भयो अब अहिले भिसिट भिसा पनि सकिसक्यो अहिले सम्म त खान बस्न जेनतेन टरेकै छ तर अब कम्पनी को साहुले पनि केहि गर्न नसक्ने कुरा ले उनि साह्रै दुखी छन ।दिन रात उनि नेपाल को फ्लाईट कहिले खुल्छ भनेर बसिरहेका छन ।यहाँ देखे र भेटे जती नेपालीहरु सबै दुख मात्र सुनाउछन ।
सबैको मुखबाट आज भोली एउटै कुरा सुन्न पर्छ कि,नेपाल को फ्लाईट कहिले खुल्छ र नेपाल जना पाइएला ।खोटाङका दीपेश राई भन्छन पहिला धन कमाउने आशमा बिदेश जाने सपना थियो तर अब आफ्नै देश जाने सपना भयो ।
उनी भन्छन किताबमा त पढेको थिए, दुई थोपा पसिना झार्न परेनी आफ्नै देशका माटाका डल्लामा झारौला, आफ्नै खेत बारी मलिलो बनाउला तर पैसाको लोभमा बिदेश आएर अहिले मरिने बाचिने ठेगान भएन ।नेपाली दुताबासले आज भोली आएर बल्ल नेपालीहरुको के कस्तो छ भन्ने बिबरण उठाउन खोज्दैछ, तर पनि त्यो त्यती प्रभावकारी देखिदैन ।
आपतमा परेका मान्छेहरु लाई आफ्नो देश फिर्ता लानको लागी पाकिस्तान र भारत जस्तो मुलुक ले यहाँ को सरकार सँग पहल गरिरहेको देखिन्छ र केहि दिन एता १५ हजार जती पाकिस्तानी लाई आफ्नो देश फिर्ता लागि सकेको र फ्लाई दुबाइ ले पाकिस्तान र भारत को लागी टिकट बेच्न पनि सुरु गरिसक्यो ।तर हाम्रो देश को सरकार ले भने कत्ती पनि चासो नलिए जस्तो यहाँ नेपालीहरु ले महसुस गरेका छन ।

आज भोली यहाँ रात को १० देखी बिहानको ६ बजे सम्म लकडाउन छ र त्यो बहेक रमादान को माहोल रहेको छ ।अब यो लकडाउनको अवधी कती हुने हो कसैलाई पनि थाहा नभएको अवस्थाअ मा यहाँ का नेपाली हरु आफ्नो देश फिर्ता हुने आशामा समय काटी रहेका छन ।
तेसैले मेरो बिदेशमा रहेका दुताबास र नेपाल सरकारलाई के अनुरोध छ भने जुन सुकै माध्यम बाट पनि नेपाल जान इच्छुक नेपाली नागरिक लाई नेपाल सम्म जाने अवसर को सृजना गाह्रोस ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #राजाराम अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्