कोरोना रोग फैलाए दश वर्ष कैद हुन्छ

अधिवक्ता राजु खत्री
चिनको बुहानबाट शुरू भएको कोरोना भाईरसबाट हुने रोग कोभिड-१९ ले आजको दिन संम्म संसार ढाकी सकेको छ।
विश्वव्यापी महामारीको रुपमा देखीएको कोरोनाले कसैलाई छाडेको छैन । अहिले त संसारका प्राय देशहरुमा वन्दावन्दी लकडाउन नै छ ।आफ्ना सारा संयन्त्रहरु कोरोनाको रोकथाम र नियंत्रणमा प्रयोग भई रहेकाछन।
संसारमा यस्तो सरुवा रोग भएको पहिलो पल्ट भने होईन । पटक पटक यस प्रकारका रोगहरुले दुख दिने गरेका छन ।कतिपय रोगहरु आफै फैलने किसीमको हुन्छ भने कतिपय सरुवा रोगहरु मानिसले गलत नियतले फैलाउन सक्ने संभावना पनि रहन्छ। मानिसहरुले संक्रमण रोग फैलाउन सकिने अवस्था समेत रहने हुदा संक्रमण रोग फैलाउने कार्यलाई संसारमा फ़ौजदारी कसुरको रुपमा लिने गरिन्छ ।
नेपालमा पनि संक्रमण रोग फैलाउने तथा सरुवा रोग संमन्धि कानुनको उल्लंघन गर्ने कार्यलाई फ़ौजदारी कसुरको रुपमा परिभाषा गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को परि़क्षेद पॉचको सार्वजनिक हित,स्वास्थ्य,शुऱक्षा,सुविधा र नैतिक विरुद्ध कसुर मा यस संमन्धमा व्यवस्था गरिएको छ।उक्त संहिताको दफ़ा १०४ मा संक्रमण रोग फैलाउन नहुने भन्ने कानुनी व्यवस्था छ।
सोही दफाको उपदफा १ मा कसैले कसैको ज्यानलाई ख़तरा पुराउन सक्ने कुनै किसीमको संक्रमण रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्नु हुदैन भन्ने व्यवस्था छ भने उपदफा २ मा सो कसुर गर्ने लाई सजायको व्यवस्था गरिएको छ।जस अनुसार यस्तो कसुर गर्ने वा गराउने लाई नियतपुर्वक वा जानि जानी गरेको भए दश वर्ष कैद र एक लाख जरिवाना लापरवाही पुर्वक गरेको भए पाँच वर्ष क़ैद र पचास हजार जरिवाना र हेलचक्राइ पुर्वक गरेको भए तिन वर्ष कैद र तिस हज़ार जरिवाना हुनेछ भन्ने व्यवस्था रहेको छ।
तेस्तै संक्रमण रोग संमन्धी कानुन उलंधन गर्ने कार्य लाई पनि संहिता ले फौजदारी कसुरको रुपमा लिएको छ।मुलुकी अपराध संहिता २०७४ को दफ़ा १०६ मा सरुवा रोग संमन्धी कानुन उल्लंघन गर्न नहुने भन्ने कानुनी व्यवस्था रहेको छ। सोही दफाको उपदफा १ मा कसैले नेपाल सरकार, प्रदेश सरकार वाँ स्थानिय तहले वाँ कानुन वमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोग संमन्धमा जारी गरेको नियम निर्देशन र आदेश उल्लंघन गर्न हुदैन भन्ने व्यवस्था छ भने यो कानुन उल्लंघन गर्नेको लागी उपदफा २ ले सजायको व्यवस्था गरेको छ ।
जसमा उपदफा १ वमोजिम कसुर गर्ने गराउने व्यक्ति लाई छ महिना कैद र पाँच हज़ार रुपयॉ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था गरेको छ।यदी सरुवा रोग संमन्धमा भएको आदेशको उल्लंघन गरी ज्यान जान सक्ने अवस्था रहेछ भने संहिताको दफ़ा १०४ वमोजिम नियतपुर्वक वा जानि जानी गरेको भए दश वर्ष कैद र एक लाख जरिवाना लापरवाही पुर्वक गरेको भए पाँच वर्ष क़ैद र पचास हजार जरिवाना र हेलचक्राइ पुर्वक गरेको भए तिन वर्ष कैद र तिस हज़ार जरिवाना हुनेछ भन्ने कानुनी व्यवस्था रहेको छ।
मुलुकी अपराध संहिता २०७४ ले संक्रमण रोग भनेर उल्लेख गरेको छ । हाल विश्वमा देखा परेको कोरोना रोग यहि संक्रमण रोग अथार्त सरुवा रोग अन्तर्गत पर्दछ ।मानिसले कहिले काही आफुलाई संक्रमण भएपछि जानि जानि,लापरवाही तथा हेलचक्रईको को कारणले रोग फैलाउने संम्भावना रहने हुनाले तेस्तो कुरालाई निसेध गर्नको लागी यस्तो कानुनी व्यवस्था गरिएको हो।
(लेखक फौजदारी कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ)
क्याटेगोरी : विचार/बहस
ट्याग : #अधिवक्ता राजु खत्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्