वर्तमान संविधानमा अझै पनि समानता छैन स: पूर्वमन्त्री शर्मा

२९ मंसिर, काठमाडौं । पूर्वमन्त्री एवं माओवादी केन्द्रकी सांसद रेखा शर्माले संविधान संशोधन सबैले स्विकार गरेको विषय भएको बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजि झिल्को १६ औं अंक विशेष बहसमा उनले वर्तमान संविधानमा अझै पनि समानता नभएको भन्दै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘यो संविधान पूर्ण समानतामा आधारित छैन । तर विगतको भन्दा विभेदको न्यूनिकरण गरिएको छ । विभेदलाई कम गर्ने प्रयास गरिएको छ । अहिले पनि हामीले हेर्ने हो भने नागरिकताको पाना पढ्दै गर्दा त्यहाँ लैङ्गिक समानता देखिदैँन् । जातिय विभेदका कुराहरु हेर्ने हो भने पूर्ण रुपमा हटेको छैन । यसलाई पूर्ण रुपमा कसरी समानतातिर लाने त्यसतर्फ हामीले ध्यान दिनुपर्छ । त्यसकारण संविधान संशोधन आफैंका सैद्धान्तिक कुरा हो यो हुनुपर्ने कुरा हो । संविधान संशोधन हामी सबैले स्विकार गरेको विषय हो र संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ ।’
लामो समयदेखी राजनीतिक आन्दोलन गरेपनि अझै राजनीतिक कुराहरुमा अल्झि रहेको भन्दै अब जनताको बीचमा गएर
जनताको सहमतीमा विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा सोच्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘संविधान संशोधन उत्पीडित समुदायले पाएको अधिकार थप सुधार गर्न र थप अधिकार दिनको लागि हुनुपर्छ ।
लामो समय हामी राजनीतिक आन्दोलनमा गयौं, धेरै रगत बग्यो, मेहेनत भयो तर आजका दिनसम्म आउदा पनि फेरी हामी यही राजनीतिक कुराहरुमा नै अल्झि रहेका नै छांै । हामी जनताको बीचमा जाने जनताको सहमतीमा हाम्रो समाजमा भएका विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा हामीले सोच्नुपर्छ ।’
संविधान संशोधन अग्रगामी कि पश्चगामी भनेर भन्नु भन्दा पनि संविधान संशोधनभित्रको विषयवस्तुहरु अग्रगामी हुन्छन् कि पश्चगामी भन्ने कुरामा निर्भर हुने पनि उनको भनाई छ ।
क्याटेगोरी : विचार/बहस, समाचार
ट्याग : #breaking, #वर्तमान संविधानमा अझै पनि समानता छैन स: पूर्वमन्त्री शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्