Techie IT
आईतबार, वैशाख २१,२०८२

बुबाको मुख हेर्ने दिनमा वहाँको हात पनि हेर्नुस


हरि तिमिल्सिना

मातृ देवो भव । पितृ देवो भव ।। गुरू देवो भव ।।। अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाइ कर्म दिने अनि सुरक्षा दिने बा।।। शायद शब्दले ब्याख्या गर्न सकिन्न ।

तिनै बाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला १ जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

हरेक धर्ममा आआफ्नै चलन छ तर चलन जेसुकै भएपनि बाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ ।

हामी आफ्ना बाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौँ, हामीमा वगेको रगत, अडेको सँस्कार र गढेका सपनाहरु हाम्रा मातापितवाट धेरैनै नजिक हुन्छ, ति सपना र संभावनाका प्रदायक, जिवन श्रृष्टीकर्ता चराचर जगतका सम्पूर्ण आदर्श वूवाहरुलाई स्मृती ।

बढ्दो आधुनिकतासँगै बा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर बालाई हेलागर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन बा या आमा हुन्छौँ तसर्थ हामीले जे गछौँ त्यहीनै पछि प्राप्त गर्दछौँ, आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दैगएको छ ।

बा शब्दको अर्थ बाटोू हुनुपर्छ, शब्दकोषमा ठ्याक्कै शब्दको अर्थ त भेटिदैन, तर यो भन्दा गहकिलो अर्थ अरु हुन सक्दैन। ूबाू हाम्रो पथप्रर्दशक हुन, हाम्रो मार्गदर्शक हुन। ूबाू शब्दको उपयुक्त अर्थ साथू पनि हुनसक्छ, एउटा यस्तो साथ जस्ले हिड्न नजान्ने बालकलाई हिड्न सिकाउँछन्, बोल्न नजान्नेलाई बोल्न सिकाउँछन्, भोकै बस्न तयार रहन्छन् तर सन्तानलाई पेटभर खुवाउँछन्।

यी यस्ता हुन्छन् जो हरहमेसा हाम्रो वरपरि रहन्छन्, साथ दिन्छन्, पढ्न लेख्न सिकाउँछन्, कलिला हातहरु समातेर बिधालय पुर्याउँछन्, देखेको सपना पुरा गरिदिन्छन्। मानौं कि बाहरु अलादिनको कथाका जिनि हुन्। हामी खुसि हुन्छौं तब मात्र बाहरु खुसि रहनुहुन्छ। जसरी आमाले आफ्नो बच्चाको स्याहारसुसार गर्नुहुन्छ बा ले पनि गर्नुहुन्छ।

हामिसँग आमाको साथ बडि रहन्छ तेसैले बा को माया हामीले अनुभव गर्दैनौं, बाले पनि उतिकै माया गर्नुहुन्छ। हामी आफ्नो आधारभुत आवश्यकताहरु कसरी पूरा भैरहेका छन् ख्यालौ गर्दैनौं, हाम्रालागि दिनरात पसिना बगाउने को हुन्, को थिय एकपल्ट मनन गरौं त तब बाको अभाव महसुस हुन्छ।

बाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने वुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाइ जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काऔं न, हुँदैन र ररु सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा ।

अन्तमा,
ती मेहनती बाहरु, जसले आफ्ना सन्ततिहरुको भविश्यका खातिर पसीना बगाइरहनुभएको छ, वहाँका छोराछोरी कर्मठ, कर्मशील बनुन् । आफ्ना बा(आमाको आदर सम्मान गरुन् । साथै छोराछोरीमाथि बा आमाको माया अविरल बगिरहोस् ।

आज बाबुको मुख हेर्ने दिन

सबै बाआमालाई शुभकामना


क्याटेगोरी : विचार/बहस
ट्याग : #बुबाको मुख हेर्ने दिन, #हरि तिमलसिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545