हेर्नुहोस सरस्वती शर्माको कविता नारी

रचना : सरस्वती शर्मा सुबेदी
कोमल नारी हद्धयमा चट्यानहरुले छेड्दा
हेपिएका व्यवहारहरुमा मुस्कानहरु खोज्दा
हजार पिडा अपमानका हद्धयमा थेँग्दै
नारी शक्ती अटल जहिले धैर्यतामा रम्दै
फूल पनि फूल्छ कहाँ काडाँ नभई दिए
नरम उसको प्रवृतीमा वाण नगई दिए
सत्य हुन्थ्यो चारै तिर कलि किन बल्दथ्यो
नारी हिंसा गर्नेहरुमा सभ्य संस्कार पस्दथ्यो
जन्म पश्चात मृत्यू हुन्छ थाहा छैन जसलाई
आफ्नै तनमा बिस हाल्दा घाटा छ कसलाई
हजार वर्ष लाग्छ आयु घमन्डले चुलिरहदा
आफै भित्र अनमत्त भई गफलतमा भुलिरहदा
कति पुरुष उच्च बन्छ नारीलाई तर्साएर
आफ्नै मन भित्र आफै जहर बर्साएर
मै हु भन्ने नाइकेको एक दिन सत्ता ढल्छ
अंहमताले मानव भित्र बिषै बिष फल्छ
नारी शक्ती कमजोर छैन कदाचित यहाँ
कौरवको सभामा एक्ली द्रोपती जहाँ
सत्य सधैं अटल हुन्छ डग्दैन कसैगरी
मै हु भन्ने रावण ढल्न गयो रुख सरी
शैलेन्द्रीलाई किचकले जब गर्यो अपमान
तामझामको राज्य सत्ता गयो उसको ज्यान
जहाँ हुन्छ नारी सम्मान त्यहाँ ईश्वर रम्दछन्
मरुभूको बालुवामा सुन्दर फूलहरु फूल्दछन् ।
समाप्त
क्याटेगोरी : विचार/बहस
ट्याग : #नारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्