सरकारको आदेश लत्याउदै काभ्रेस्थलीमा मध्यराती डोजर , ढलान बाटो र घरमा क्षती
काठमाडौ । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग, खुलोआम डोजन संचालमाको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिएको केही दिनमै खानी तथा भुगर्भ बिभागले पनि पत्र मार्फत तारकेश्वर नगरपालीका र टोखा नगरपालिकालाई अबैध प्लटीङ्ग रोक्न निर्देशन समेत दिएको थियो ।
तर गृह मंत्रालय र बिभागको पत्रलाई लत्याउदै काभ्रेस्थलीमा मध्यराती जग्गा सम्याउन डोजर चलेको छ ।
वडा र जनताको अगुवाइमा निमार्ण भएका ढलान एवं सिंचाइका कुलोमा समेत क्षती पुराएको स्थानियको गुँनासो छ ।
त्यतीमात्र नभई ठुलो ओजनको डोजर गुढ्दा केही कच्चीघरमा समेत क्षती भएको स्थानियबासी एवं संचारकर्मी बिदुर फँयाले बताए ।
मध्यराती करीव ११ बजे स्वर्णीम चोकबाट लामीछानेबस्ती तर्फ डोजर गुडेको थियो र जमिन थर्कीएर माटोको घर चर्कीएको उनको भनाई छ ।
तारकेश्वर नगरपालिका वडा नं २ का वडा सदस्य संजय ढकालले डोजर संचालकले वडामा जानकारी बिनानै मध्यरातमा गलत स्वार्थले बस्तीमाझबाट डोजर लगेको बताए । अवैध रुपमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उधोग मात्र नभई सार्बजनीक जग्गा एवं बर्फर जोनमा खुलोआम डोजन संचालमा रोक्न वडास्तरबाट हुने सम्पूर्ण पहल बिफल भएको बताए ।
तर सो जग्गा प्लटीङ्ग गर्ने ब्लु स्काई कम्पनीका संचालक हरि जंग श्रेत्रीले प्रति आना १५००का दरले नगरपालिकामा ४,५०,०० राजस्व तिरि वडा , वर्फर जोन , निकुन्ज , नगरपालिकाबाट स्वस्कृती लिएको दावी गरेका छन ।
ब्यवसायकि रुपमा नभई सो स्थानमा होटेल खोल्ने उद्देश्यले आफूले गलतबाटो बाट डोजर लगेको र भत्कीएको बाटो आफूले बनाइदिने ब्लु स्काई कम्पनीका संचालक हरि जंग श्रेत्रीलले साझापाना अनलाइनलाई बताए ।
हेर्नुहोस घर तथा ढलानमा भएका क्षती :
क्याटेगोरी : विचार/बहस
ट्याग : #hot, #काभ्रेस्थलीमा डोजर, #ढालन बाटो र घरमा क्षती
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्