कोरोना कहर : चाडवाड लक्षित लकडाउन र औचित्य
राधेश्याम तिमलसिना ( पुकार )
नेपाल सरकारले जनतालाई गंभीर विरामी भएमात्र अस्पताल आउन भन्नु र अस्पतालहरुले विरामी भर्ना लिनमा आलटाल गर्नु दुवैपक्षको गंभीर लापरवाही हो । यतिवेला अस्पताल र सरकार मिलेर नै जनस्वास्थ्यमा खेलेको नाजायज भूमिकाले भविष्यमा नराम्रो परिणाम आउने निश्चित नै छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय वेलावेलामा जनताले स्वास्थ्य मापदंड पुरा गरेनन् भनेर कहिले संक्रमण रोग ऐन वमोजिम कारवाही गर्ने त कहिले देशभर लकडाउन गर्नुपर्छ भनेर जनतालाई चेतावनी दिने गर्दछ तर जनता गरिवी तथा वेरोजगार कै भोकै मर्ने ख़तरा तर्फ भने ध्यान दिने विषयमा अनविज्ञ देखीन्छ ।
आज विश्वब्यापि महामारी कोरोना संक्रमणले विश्व अर्थव्यवस्था तहस(नहस पारिरहेको अवस्था छ । विश्वभर करोड़ौ संक्रमित भईरहदा लाखौको ज्यानै लिएको समयमा नेपालको अवस्थामा पनि दिनानुदिन वृद्धि भईरहेको छ । वास्तविक गरिव दुखी नेपाली जनतालाई कोरोना संक्रमणले भन्दा भोकले मर्ने ख़तरा वढी छ तर नेपाल सरकारले स्वास्थ्य समस्या भन्दा पनि नेतानिकट ठेकेदार पोस्नमा व्यास्त छ ।
नेपाल सरकारले कोरोना नियन्त्रण कै लागी भनि लामो समय देशभर लकडाउन गर्यो त्यो स्वागत योग्य नै थियो तर जनतालाई राहत दिनमा सरकार पुर्ण असफल नै रहयो । जसको परिणाम लकडाउन अवज्ञा समेत हुने वातावरण वनाउन जनतालाई वाध्यता भएपछि सरकारले लकडाउन अन्त्य गरेको जनाएको छ ।
काठमाण्डौका सवै सरकारी अस्पताललाई कोरोना विशेष अस्पताल वनाउने घोषणा गरेको सरकारले यता फेरी नेपालीहरुका महान पर्व दशै तिहार नजिकिएको समयमा लकडाउनको तयारी गरी रहेको छ । सरकारले तत्काल लकडाउन गर्नुभन्दा चाडवाडको समयमा गरिने लकडाउन कति प्रभावकारी हुनसक्छ भन्ने विषयमा गहिरो अध्ययन गर्न जरुरी छ ।
वास्तविक दैनिक गरिखाने मज़दूर लाई सरकारले राहत नदिई घरमा थुनेर भौकैराखी मार्ने हो भने लकडाउनको अर्थ छैन । यो समयमा कोरोना संक्रमण सर्वत्र फैलिएको अवस्था छ । जनताले आ(आफ्नो ठाउमा सचेत रहेका भएता पनि दिनानुदिन कोरोना संक्रमणको दर वढ्नु दुखद हो । चाडवाड मनाउने सन्दर्भमा अन्तराष्ट्रीय स्वास्थ्य मानदण्ड अपनाएर सचेत हुन जरुरी छ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #कोरोना कहर
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्