नेपालमा पूँजीवाद कमजोर हुँदै गएको छ ः नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पूँजीवाद क्रमशः कमजोर हुँदै गएको बताउनुभएको छ ।
माक्र्स द्विशतवार्षिकीका अवसरमा आज यहाँ आयोजना गरिएको ‘माक्र्सवाद, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवाद’ विषयक प्रादेशिक गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हामी अहिले समाजवादउन्मुख छौँ, नेपालको समाजवादको आप्mनो छुट्टै विशेषता भएकाले त्यसैका आधारमा विकास र समृद्धिको मार्गचित्र तय गर्नुपर्छ ।”
उहाँले आफ्नो वर्ग शत्रु र मित्रलाई चिनेर मात्र कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा हुने भएकाले अब मुलुकका कम्युनिष्टले गुटगत राजनीति छाड्नै पर्छ भन्नुभयो ।
माक्र्सवादी सिद्धान्त सधैँ जीवन्त भइरहने बताउँदै नेता खनालले यही सिद्धान्तका आधारमा कम्युनिष्ट आन्दोलनको दिशा पनि तय हुने गरेको उल्लेख गर्नुभयो ।
माक्र्स द्विशतवार्षिकी समारोह प्रदेश नं ५ का संयोजक ठाकुर गैरेको अध्यक्षतामा भएको गोष्ठी उद्घाटन समारोहमा नेकपाका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र कार्कीले माक्र्सवादी सिद्धान्त कहिल्यै पुरानो नहुने बताउँदै यसको सान्दर्भिकता नेपालको राजनीतिमा अझ बढेको छ भन्नुभयो ।
शनिबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा प्रदेश नं ५ अन्तर्गत १२ जिल्लाका नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टीका गरी करीब एक हजार नेता, कार्यकर्ताको सहभागिता रहेको छ ।
गोष्ठीमा सहभागीलाई आज नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली काँग्रेसका नेता प्रदीप गिरीले माक्र्सवादी सिद्धान्त र त्यसको सान्दर्भिकताका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #पूँजीवाद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्