नाताले जुराउने अवसर र चुनौती

राम राज आचार्य
सम्बन्ध आफु बराबरका सङ गासिने गर्छ र त्यो पनि वैबाहिकको कुरो झन् विशिष्ट किसिमको रह्य्यो। अहिले चर्चामा राष्ट्रिय वाणिज्य बैंक का अध्यक्षको राजनीतिक नियुक्ति गरिएका प्राध्यापक उपेन्द्र कोइराला २०५० साल देखि नै संगठन नेतृत्व गर्ने कुरामा अगाडी नै रहेको कुरो सबैमा जानकारी पक्कै होला। उनको नियुक्ति बहालवाला उप( प्रधान तथा रछ्या मन्त्री ईश्वर पोख्रेल सङको पारिवारिक सम्बन्धसङ तौलिएर अझ बढी सामाजिक संजालमा चर्चाको विषय बनेको छ। उपेन्द्र कोइरालाको नियुक्ति ईश्वर पोख्रेल यो पद वा शक्तिमा पुग्नु भन्दा अघि नै सुरु भएको थियो। सम्बन्ध त पछी गासिएको हुनु पर्छ९ सायद २०६५ सालतिर।
व्यवस्थापकिय ज्ञान भएको ब्यक्ति सङ विषयगत प्राबिधिक ज्ञान हुनु पर्छ भन्ने जरुरी छैन। यसर्थ, उनीमा भएको अनुभव पक्कै पनि जनताको सबै भन्दा धेरै निछेप संकलन गर्ने र त्यसलाई सहि परिचालन गर्ने एक बित्तीय संस्था प्रमुखको हैसियतमा उहाँ पक्कै सफल हुनु जरुरी छ।
सम्धी वा आफन्तको पालन पोषण गर्ने आरोप मन्त्री ईश्वर पोख्रेललाइ मात्र नभएर अन्यलाइ पनि लाग्ने गरेको दृस्तान्त छन् । जस्तो, काठमाडौं उपत्यका खानेपानी लिमिटेड प्रमुखमा र लोक सेवा आयोग प्रमुखमा तिमिला यमी र कयोदेवि यमी जुन हिसिला यमीका दिदि हुन, राष्ट्रिय पुनस् निर्माण प्राधिकरण को प्रमुखमा पुर्व अर्थ सचीव युव राज भुसाल९ पछीको कम्युनिस्ट सरकारले अवकाश दिएको० जो राम चन्द्र पौडेलका सम्धी हुन् ।
कोइराला परिवारका भान्जा पर्ने महेश आचार्य २०४८ सालको गिरिजा प्रसाद कोइराला नेतृत्वको बहुमतिय सरकारका अर्थ मन्त्री बनेका थिए। शेर बहादुर देउवाकी सासु प्रतिभा राणा प्रचण्ड नेतृत्वको सरकारका पालामा जापानको राजदुतको नियुक्ति पाउन सफल बनिन्। सोम पाण्डे माधब नेपालकै सम्धी भएकै कारण मन्त्री तथा विभिन्न समितिको सक्तिसाली तहमा पुग्ने गरेको आरोप लाग्ने गरेको छ, नर्सिङ काउन्सिलकी रजिस्टार बिन्दा घिमिरे मन्त्री योगेश भट्टराई पत्नी हुन।
यस्तै २०६४ सालमा आफु मन्त्री रहदा आफ्नै भाइ योगेन्द्र महतोलाई पारवहन तथा गोदाम ब्वस्थापन कम्पनीको अध्यक्ष बनाएर राजेन्द्र महतो बिबादित बनेका थिए। यस्ता नियुक्ति केहि नाताबाद बा
ट प्रेरित जस्ता देखिएपनि नाता कै कारण सफल र सछ्यम ब्यक्ति आफै ग्रशित हुन पनि सक्छन्।
नेपालका सफल अर्थ मन्त्रीमा गनिएका९ तत्कालीन ९ महिने एमाले सरकारका० मन्त्री स्वस् भरत मोहन अधिकारीले आफु मन मोहन अधिकारीको भाइ भएको कारण बेला बेलामा नाताबादको तबन लाग्ने हुनाले अवसर बाट बन्चित हुने गरेको दुखेसो गरेका थिए।
नेपाली समाजको कअजययष्लिन राजनितीज्ञहरु ुसाधा जिवन र उच्च बिचारकोु हुनुपर्छ भन्ने छ । अहिलेका अनुभवी नेतृत्वको इतिहास पनि तेसैको जगबाट आएको हो। शेर बहादुर देउवा, के पी ओलि, प्रचण्ड, बाबुराम जस्ता नेतृत्वको बिगत पीडादायी र योगदानमुलक नै थियो।
२०४७ सालको सन्त नेता कृष्ण प्रसाद भट्टराईको अन्तरिम सरकारमा कृषि मन्त्री रहेका बामपंथी प्रतिनिधि र हाल नेकपा सचिवालय सदस्य झलनाथ खनाल तेति बेला अष्ट्रेलिया भ्रमणमा जाँदा थाइल्यान्डको ट्रान्जिटमा राज्य ढुकुटीबाट रु।५०० को बेल्ट नकिनि फर्किएको घटना, जनवादी गाएक जिवन शर्माको जिवनी, नेपाली कम्युनिस्ट गुरु मोहन बिक्रम सिंहका छोरा समिर सिङको जिवनी, माओवादी खुल्ला हुँदा २०६४ सालतिर मोहन बैध्यले आफन्तलाई जागीर माग्न आउँदा आफ्नालाई जागिर खुवाउन क्रान्ति गरेको हैनु भनि फर्काएको कुरो, जस्ता कुराहरु आजभोलि अपवाद रहन पुगेका छन्।
सङ्हर्शमै जिवन बिताएका नागरिकहरुले २र३ सरकारबाट अपेक्षा ठुलै राखेका छन् र त्यस मध्य अधिकाम्सलाई कस्को सरकार भन्दा पनि सफल, पार्दशी, जवाफदेही, उत्तरदायी, बृहत दृस्टीकोण सहितको, कार्यान्वयनमुलुक योजना प्रस्तुत गर्ने बिकास मुखी सराकार चाहिएको हो। जनमतको पनि त्यहीँ नै हो। हाल महामारी सङ लड्न नागारिकहरुले एकरुपता देखाएकै छन् र सही बिश्वास योग्य नेतृत्वको आशा गरिरहेका छन्। यो एउटा उदाहरण मात्र हो।
नागरिकको आत्मबल कायम वा वृद्धि गर्न नसक्नु सरकारको कमजोरी हो।
यस अर्थमा त्चयिि को विषय बनिरहेको सम्धीको नियुक्ति भन्दा पनि एउटै ब्यक्ति ७ पटक विभिन्न अलग पदमा आसिन हुन सक्छ कि सक्दैन, के उहाँको बिगतको अनुभव र क्रियाकलापले बर्तमानमा नियुक्ति खान मिल्छ कि मिल्दैन,उहाँ सङ कस्तो भिजन छ भन्ने हुनु पर्ने हो र सरकारको पनि आन्तरिक पार्टी सङ्हर्शमा समय ब्यतित गर्नु भन्दा एकजुट भएर कोरोना को कहर सङ जुध्ने र पछीका दिनमा यसका कारण उत्पन्न परिस्थितिको सामना गर्ने रणनीति बनाउने कुरामा केन्द्रित रहनु जरुरी छ।
राम राज आचार्य
उपप्रध्यापक पर्यटन हाेटल व्यवस्थापन नेपाल एकेडेमी कालिमाटी ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #नाताले जुराउने अवसर र चुनौती, #राम राज आचार्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्