तेस्रो पाँचपोखरी ट्रेल म्याराथन २०१९को आयोजना हुँदै

काठमाडौ । साहसिक खेलकूद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने नारासहित तेस्रो पाँचपोखरी ट्रेल म्याराथन २०१९ हुने भएको छ ।
बुधबार नेपाल पर्यटन बोर्ड, काठमाडौंमा पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित खेलकुद विकास समिति सिन्धुपाल्चोकद्वारा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
‘पर्यटन प्रवद्र्वनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ स्वस्थ रहन खेलकूद र खेलकूदका माध्यमबाट यस भेगको पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम संयोजक टाशी शेर्पाले जानकारी दिए ।

खेलको माध्यमबाट नै पाँचपोखरी, रैथाने र यस पालिकामा सयौंको संख्यामा रहेका पर्यटकीय क्षेत्रहरुको राष्ट्रिय एवं अन्तराष्ट्रियसम्म पहिचान गराउने रहेको कार्यक्रम संयोजक शेर्पाले बताए ।
सम्मेलनमा बोल्दै पूर्वमन्त्री शेरबहादुर तामाङले आफू पनि यो प्रतिस्पर्धीमा धावक बनेको घोषणा गरे । पर्यटन वर्ष २०२० लाई लक्षित गरी गरिएको प्रतियोगिताले सिंगो गाउँपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनेछ, उनले भने ।

यसैगरी प्रदेश नं। ३ का सांसद निमा लामाले पर्यटन क्षेत्रको हिसाबले पाँचपोखरी निकै राम्रो रहेको उल्लेख गर्दै यो प्रतियोगिताले पनि यस क्षेत्रलाई चिनाउन सहयोग पुग्ने बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यो खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्वन गर्नको लागि आयोजना गरेको बताउँदै यसको लागि गाउँपालिका प्रायोजक रहेको जानकारी दिए ।
प्रतियोगितामा खुल्ला महिला र पुरुषहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने जानकारी दिए । दोस्रोको दाँजोमा यसपालीकोमा धावक बढाउने लक्ष रहेको आयोजकले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुनाका लागि समिति र म्याराथन फेसबुक पेजमार्फत अनलाइन फारम भर्ने व्यवस्था गरिएको आयोजकले बताए ।
प्रतिस्पर्धाबाट प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने धावकहरुलाई पुरस्कारको व्यवस्था रहेको छ । उनीहरुलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । सिन्धुपाल्चोकबाट सहभागी भई विजेता हुनेलाई भने थप १५ हजार, १० हजार, ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताए ।
जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने पाँचपोखरी धार्मिक हिसाबले अत्यन्त महत्वपूर्ण छ । समुन्द्री सतहदेखि ४१०० मि। उचाईमा पर्ने यस स्थानमा पाँच वटा पोखरीहरु छन् । सो पोखरी संसारको उच्च स्थानमा रहेको पोखरीमध्ये नवौं स्थानमा पर्दछ ।
यहाँ जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गर्दछ । एकादशीदेखि सुरु हुने मेला पूर्णिमाको दिन समाप्त हुने कार्यक्रमका पे्रस संयोजक बिष्णु आचार्यले जानकारी दिए ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पाँचपोखरी ट्रेल म्याराथन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्