चित्लाङ्गमा पर्यटक बढे : थानकोट चित्लाङ सडक स्तोरउन्नती भएसंगै पर्यटकको बाक्लो चहलपहल

चित्लाङ ।पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङ गाउँमा आन्तरिक एवं बाह्य पर्यटक बढेका छन ।
प्राकृतिक दृश्य एवं ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिभराउ मकवानपुरको थाहा नगरपालिका चित्लाङमा अवस्थीत चित्लाङ रिसोर्ट लगायतका स्थानिय रिसोर्टहरुमा पर्यटक भरीभराउ भएका चित्लाङ रिसोर्टका संचालक दिपक नेपालले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डले केहि वर्षअघि चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको थियो । विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको संगम रहेको चित्लाङमा अशोक सम्राट्ले निर्माण गरेको अशोक चैत्य रहेको छ । चैत्यको अवलोकन गर्न चीन, तिब्बत लगायत विभिन्न मुलुकका बौद्धमार्गीसमेत आउने गरेका छन् ।
थानकोटबाट १२ किलोमिटरको दूरीमा रहेको चित्लाङमा धेरै होमस्टे छन् । स्वच्छ र चिसो हावापानी रहेको चित्लाङमा फागुन महिनादेखि आन्तरिक एवं बाह्य पर्यटक आउने गर्छन् ।
पछिल्लो समय थानकोट चन्द्रागीरी , चित्लाङ् सडक एवं कुलेखाने सडक राम्रो भएसंगै चित्लाङ गाउँमा आन्तरिक एवं बाह्य पर्यटक बढेका छन ।
तस्विरमा हेर्नुहोस रमणिय चित्लाङ
क्याटेगोरी : पर्यटन
ट्याग : #breaking, #चित्लाङ्गमा पर्यटक बढे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्