तारकेश्वरमा ३२ जनाले रोजगार पाउने जीबीकोपार्जन पुनस्थापनाका लागि दिगो पर्यटन परियोजना संचालन

काठमाडौ । तारकेश्वर नगरपालिकामा जीबीकोपार्जन पुनस्थापनाका लागि दिगो पर्यटन परियोजना संचालन भएको छ । नेपाल पर्यटन बोर्ड , नाटा , टान र यूनडीपीको संयुक्तm आयोजनामा संचालीत सो परियोजना अन्र्तगत धर्मस्थली , महांकाल मन्दिर ,शान्तीधाम , भुवनेश्वरी मन्दिरको सरसफाई हुनेछ । सो अभियानमा ३२ जना पर्यटन मजदुर तथा ३२० ब्यक्ती दिनको हुनेछ ।
नाटाका बोर्ड सदस्य तथा तारकेश्वर निवासी बिष्णु कार्कीको अगुवाईमा तारर्केश्वर नगरपालिका भित्र जिविकोपार्जन र पुर्र्नस्थापनका लागि पर्यटकिय र धार्मिक स्थल सरसफाइ तथा मर्मतसंहार ३२ जनासम्मको श्रमिकहरुको टिमले १० दिन सम्म पदमार्गहरु खोल्ने र मर्मत संहार गर्न शनिबार शुभारम्भ गरिएको छ ।
सो कार्यक्रममाा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल , तार्केश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल , कार्यकारी प्रमुख शिवप्रशाद लम्साल, वडाअध्यक्ष्य मधु कार्की र रविन्द्र के सि , नगर सदस्य राजु तिमील्सिना , प्रोजेक्टका प्रतिनिधि अनिश लम्साल, नाटा अध्यक्ष्य अच्युत गुरागाइ, वरिष्ठ उपाध्यक्ष विनय बस्नेत, महासचिव सुधिर उपाध्याय, सहकोषाध्यक्ष युबिका भण्डारी , बोर्ड सदस्यहरु बिष्णु कार्की, हरिकुमार श्रेष्ठ, राजकुमार देवकोटा, महांकाल माइ गुठीका पदाधिकारीहरु, गायक दुर्गेश थापा, हर्के हल्दार टिम तथा बिभिन्न कलाकारहरुको उपस्थीती रहेको थियो ।
बिषेश गरि कोरोना महामारीपछिको पर्यटन गतिबिधिहरुको चलायमान तथा पर्यटन मजदुरहरुको जिविकोपार्जनका लागी सो परियोजनाले देशका बिभिन्न स्थानहरुको धार्मीक तथा सांस्कृतिक सम्पदाहरुमा यस्तै अभियानहरु संचालन गरिरहेको नाटाका अध्यक्ष अच्यूत गुरागाँइको भनाई छ । उहाँका अनुसार यो परियोजनाले नेपालभर ३५० जना पर्यटक मजदुरहरुको जीबीकोपार्जन पुनस्थापनामा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नेछ ।
तारकेश्वरभित्रका सम्पदा संगै सो परियोजनाले पंचधुरा माई , फेवाताल , काठमाडौं दरवार इस्क्वायर क्षेत्र ,पनौती , स्यम्भूनाथ , पाटन लगातका स्थानहरुमा काम गर्नेछ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #जीबीकोपार्जन पुनस्थापनका लागि दिगो पर्यटन परियोजना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्