जनकपुर बोल्ट्स च्याम्पियन

काठमाडौँ, पुस ६ गते । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ ।
च्याम्पियन बन्न एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि मिलान्थाले सर्वाधिक ८७ रन बनाउनुभयो । उहाँले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यान समेत बन्नुभएको छ । मलिान्था प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेल्नुभयो । जैवले ६९ रन बनाउनुभयो । उहाँले ४३ बला आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । विनोद भण्डारीले ४१ रन बनाउनुभयो ।
उहाँले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गर्नुभएको थियो ।
यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४/१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन नाउनुभयो ।
बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिनुभयो । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिनुभयो ।
जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । २० हजार दर्शकको साथ पाएको फाइनल खेलमा जनकपुरले आफुलाई बास्तविक उपाधिको हकदारको रुपमा उभ्यायो ।
आठ वटा फ्रोन्चाइज टोली सहभागि रहेको एनपिएलमा प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज तेस्रो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #जनकपुर बोल्ट्स च्याम्पियन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्