नेपाल प्रिमियर लिगमा चितवनले सुदुरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सुदुरपश्चिम रोयल्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।
चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए ।
कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।
बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : ##खेलकुद पत्रकार #खेलकुद पत्रकार, #breaking, #नेपाल प्रिमियर लिगमा चितवनले सुदुरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्