मिलन एफसी फुटसलको सेमीमा

प्रदीप ढकाल ,भक्तपुर
असोज १०, बिहिबार ।
मिलन एफसी क्लब रोयल नेपाल सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता २०८१ को सेमीफाइनल प्रवेश गरेको छ। रोयल नेपाल फुटसलको आयोजनामा पेप्सिकोला स्थित दिव्यश्वरी प्लानिंगमा आजबाट सुरू भएको पहिलो रोयल नेपाल सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता २०८१ मा आज भएको पहिलो क्वार्टरफाइनल खेलमा बिजयी हासिल गर्दै मिलन एफसी प्रतियोगिताको सेमीफाइनल पुगेको कार्यक्रम संयोजक कृष्ण कार्कीले जानकारी दिए।
यसैगरि आजै भएको दोस्रो क्वार्टरफाइनल खेलमा बिजयी हासिल गर्दै आरोएनबि एफसी समेत सेमीफाइनल प्रवेश गरेको छ। प्रतियोगिता संयोजक कृष्ण कार्कीका अनुसार भोली बिहान ७:३० बजेबाट बाकी क्वार्टरफाइनलका खेलहरु सुचारू हुने छन्। प्रतियोगिता २६ वटा टिमको सहभागिता रहेको समेत जानकारी गराए। २ दिनचल्ने उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २,०२,२२२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए ।त्यस्तै उपविजेता टिमलाई १,०१,१११ रुपैयाँ प्रदान गरिनेछ। उक्त प्रतियोगितामा सर्बोत्कृत खेलाडी तथा उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्