महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौँ, भदौ ११ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
आइसिसीले मङ्गलबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा बङ्गलादेश र स्कटल्यान्ड भिड्ने छन् । सोही दिन अर्को खेलमा पाकिस्तान र श्रीलङ्काबिच प्रतिस्पर्धा हुनेछ । उद्घाटनका दुवै खेल सारजाह क्रिकेट मैदानमा हुनेछ ।
अक्टोबर ३ देखि २० तारिखसम्म युएईको दुबई र सारजाहमा हुने विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा खेलमध्ये दुबईमा १२ र सारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ११ खेल हुनेछ । यसअघि बङ्गलादेशमा आयोजना तय भएको विश्वकप बङ्गलादेशमा चर्चिएको सरकार विरोधी आन्दोलनका कारण युएई सरेको हो ।
महिला विश्वकपको समूह ‘ए’ मा साबिक विजेता अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलङ्का तथा ‘बी’ मा दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र स्कटल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्