काभा महिला भलिबल : नेपालको उपाधि यात्रामा भारत बाधक

काठमाडौँ, साउन २३ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको हो ।
घरेलु कोर्टमा उपाधि चुुम्ने नेपालको सपनामा भारत बाधक बनेको हो । अघिल्ला चार सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो । नेपालले महिला भलिबलको फाइनलमा भारतलाई हराएर कुनैपनि उपाधि जित्ने मौका पाएको थियो ।
तर भारतले पाँचौँ सेटमा कुनै गल्ती नगरी सहज जित निकाल्यो । यसअघि लिग चरणको खेलमा नेपाले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक थियो । फाइनलमा भारतले नेपालसँग लिग चरणमा खेपेको हारको बदला समेत लियो ।
नेपालले मङ्गलबार भएको सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको थियो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको थियो । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारतले श्रीलङ्कामाथि २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।
पाँच टोली सहभागि प्रतियोगितामा इरान तेस्रो भयो । बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६ , २५–१७ को नतिजा निकालेको थियो । पाँच टोली सहभागि यस प्रतियोगितामा माल्दिभ्स भने लिग चरणका सबै खेलमा हार खेप्दै बाहिरिएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #काभा महिला भलिबल : नेपालको उपाधि यात्रामा भारत बाधक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्