प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी

काठमाडौं । अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाएका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।
मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो । यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बनेका छन् ।
उनको सुरुवाती मूल्य २ करोड थियो । सुरुमा चेन्नई सुपर किङ्सले बोली लगायो, त्यसपछि मुम्बई एण्डियन्स आयो । दुईको प्रतिस्पर्धामा चेन्नईले ४.८ करोडको बोली लगायो । त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरले ५ करोडको बोली लगायो ।
बैंग्लोर र चेन्नईको प्रतिस्पर्धा ७.४० करोडसम्म रह्यो । बैंग्लोर ७.८० करोड तिर्न तयार भयो । त्यसपछि कमिन्सलाई बोली लगाउने दौडमा सनराइज हैदरबाद प्रवेश गर्यो र, २०.५० करोडमा कमिन्सलाई अनुबन्ध गरेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्