क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता सम्पन्न

सीता पौडेल (अर्चना)
भक्तपुर । नेपाल क्योकुशिन सेशीन कैकान कराँते संघ भक्तपुर डोजोेले आयोजना गरेको प्रदेशस्तरीय क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता २०२१ हालै सम्पन्न भएको छ । गत चैत्र २९ गतेदेखि चैत्र ३१ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा पुर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभाका सदस्य महेश बस्नेत र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवाल लगायतले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारले सम्मान गरेका थिए ।
कार्यक्रममा केन्द्रिय संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ एवं विश्व क्योकुशिन काई करांतेका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले प्रमुख अतिथी सांसद बस्नेतलाई मायाको चिनो प्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रममा मिस नेवाः नेपाल ११४१ का बिजेता कृषा महर्जन, शसस्त्र प्रहरी नायब उपरीक्षक समिक महर्जन र रोशन भोयद्योलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा मिस नेवाः कृषा महर्जनले विभिन्नप्रदेशबाट सहभागी खेलाडीहरुको मनोबल उच्च पार्न तथा उनिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले नेप्लिज फेशन होमको तर्फबाट स्टेशनरी तथा स्कुल ब्याग बितरण गरेकी थिइन ।
त्यस्तै कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले जुरी, निर्णायक र कार्यक्रम सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै कदरपत्रले समेत सम्मान गरिएको थियो ।
भक्तपुर आसापुरी डोजोका सुर्य लामाले संयोजकत्व गरेको सो कार्यक्रमको संचालन भने मिस नेवाः नेपाल २०२१ का उपबिजेता प्रिया तण्डुकार र मिस नेवाः प्रजिता श्रेष्ठले गरेका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : ##क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता, ##भक्तपुर डोजोे, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्