ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा

रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्दै समूह विजेता बनेको हो । अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिएपनि नकआउट चरणमा प्रवेश गरेको हो ।
ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा थिएगो शिल्भा र पौलिन्होले गोल गरे । ब्राजिलले सर्बियामाथि खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । ब्राजिललाई अग्रता दिलाउने क्रममा पौलिन्होले खेलको ३६औं मिनेटमा गोल गरे । उनको गोलमा ब्राजिलले अग्रता बनाएसँगै सर्बियाले पहिलो हाफमा दबाबमा खेलेको थियो ।
पहिलो हाफमा १–० गोलले पछि परेको सर्बियाले दोस्रो हाफमा थप १ गोल खाएको थियो । खेलको ६८औं मिनेटमा गोल गर्दै ब्राजिलले सर्बियामाथि २–० गोलको अग्रता बनाएको थियो । ब्राजिलका लागि थिएगो शिल्भाले हेडर गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । यसअघि सर्बियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेको थिएन । बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलले ३ खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बटुलेर समूह विजेता बनेको हो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #ब्राजिल समूह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्