संसारको सबैभन्दा घातक खानेकुरा जस्ले लिन्छ मानिसको ज्यान

काठमाडौं । लाओसमा र थाइल्याण्डमा निकै लोकप्रिय परम्परागत खानेकुरा ‘कोइ प्ला’लाई विश्वकै सबैभन्दा घातक खाना मानिन्छ । यो खानेकुरा खाँदा हरेक वर्ष करीब २० हजार जना मानिसको ज्यान जाने गरेको छ ।
लाओसका साथै थाइल्याण्डको इसान क्षेत्रका मानिसहरुले सलादको रुपमा खाने ‘कोइ प्ला’ तयार गर्दा किमा बनाइएको काँचो माछा, कागतीको रस, जडिबुटी र मसला मिसाइन्छ ।
यो परिकार यति धेरै खतरनाक हुनुको मुख्यकारण नै काँचो माछाको किमा हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा माछाको मासुमा हुने परजिवीले नै यो परिकारलाई घातक बनाएको हुन्छ ।
मेकोंग नदी बेसिनमा पाइने माछाबाट ‘कोइ प्ला’ बनाइन्छ । ती माछाहरु प्रायः लाइभ फ्लुक भनिने फित्ते जुकाबाट संक्रमित हुन्छन् । यी परजिवी मानिसको शरीरमा प्रवेश गरेपछि पित्त नलीको क्यान्सर अर्थात् कोलान्जियोकार्सिनोमाको प्रमुख कारक बन्दछन् । जसका कारण थाइल्याण्डमा मात्रै बर्सेनि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #breaking, #संसारको सबैभन्दा घातक खानेकुरा जस्ले लिन्छ मानिसको ज्यान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्