Techie IT
शनिबार, असार ७,२०८२

युरिक एसिडको बाथ भनेको के हो ? यस्ता छन् लक्षण र उपचार


दिनहुँ सेवन गर्ने खाद्य पदार्थ पाचन हुने क्रममा शरिरमा उत्पादन हुने विकार तत्व ‘युरिक एसिड’ को मात्रा रगतमा सामान्य भन्दा बढी देखा परेर विशेषत जोर्नीहरुमा असर भएको अवस्थालाई युरिक एसिड बाथ (Gout or Gouty Arthrits) भनिन्छ ।

वयस्क पुरुषको शरिरमा प्रति १०० मिलिलिटर रगतमा ७ र महिलामा ६.२ मिलिग्रामसम्म युरिक एसिड हुनु सामान्य नै मानिन्छ । तर सो भन्दा बढी भएमा जोर्नीहरुमा खराब प्रभाव देखिन्छ र जोर्नीहरुमा युरिक एसिड क्रिस्टलको रुपमा जमेर जोर्नी सुन्निने र दुख्ने हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढेको देखिए तापनि धेरैजसो व्यक्तिहरुमा कुनै लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ ।

पश्चिमी देशको तथ्याङ्कको आधारमा भन्नु पर्दा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिलाहरुमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरैजसो विरामीमा गोडाको बुढीऔंला, गोलीगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग छिप्पिदै गएपछि भने घुडा तथा हातका जोर्नीहरुमा पनि असर पर्न सक्छ ।


क्याटेगोरी : विशेष
ट्याग : #युरिक एसिड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:07 am7:03 pm +0545