Techie IT
मंगलबार, वैशाख २३,२०८२

ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा र महासचिवमा अधिकारी,नामावली सहित


काठमाडौं, २६ ज्येष्ठ – ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा र महासचिवमा अधिकारी धुर्ब अधिकारी निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनको अन्तिम नतिजा आइतबार विहान प्रकाशित भएको छ ।

निर्वाचनको नतिजा अनुशार ३३३ मत सहित प्रकाश नरसिंह राणा अध्यक्षमा बिज यी भएका छन भने उनका प्रतिद्वन्दी अर्जुनलाल प्रधान २१३ र तेस्रो हुने वर्तमान अध्यक्ष समेत रहेका समिर गुरुङ्ले ३६ मत ल्याएका छन ।

त्यस्तै उपाध्यक्षमा भविस्वर शर्मा,राजुमान डङ्गोल्, र गिता गुरुङ विजयी भएका छन । त्यस्तै महासचिवमा २८१ मत सहित धुर्व अधिकारी विजयी भएका छ्न भने महासचिवका प्रतिद्वन्दी २३१ मत ल्याएका छन । सचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छ्न भने कोषाध्यक्षमा पुण्यराम लागेजु निर्वाचित भएका छ्न ।

त्यस्तै सदस्यमा दिनेश श्रेष्ठ , राजेन्द्र दुवाल्, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्मा घले, केशव बस्नेत र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन । निर्वाचनमा ठमेल क्षेत्रका करिब ६ सयभन्दा बढी व्यवसायीहरुले मत जायर गरेका थिए ।


क्याटेगोरी : विशेष
ट्याग : #ठमेल पर्यटन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545