विदेशी क्लवमा नेपाली युवतीका यौनकर्म ,कसरी पुग्छन् विदेशी क्लवसम्म ?
विदा मनाउन या घुम्नका लागि छोटो अवधिका लागि दिइने भिजिट भिसाको दुरुपयोग गर्दै कतिपय नेपाली युवतीले यौन कर्मलाई अँगालेका विवरणहरू सतहमा आउन थालेका छन् ।
नेपालमा कम आम्दानी हुने र बेरोजगार युवती तथा छोटो समयमा लखपति हुने महत्वकांक्षा बोकेका युवतीले यस्तो बाटो अँगालेको पाइन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अथवा भारतको नयाँ दिल्ली हुँदै यसरी नेपाली युवती अफ्रिका, युरोप, खाडी र मलेसीयासम्मका क्लवमा पुग्ने गरेका छन् ।
पर्यटकीय केन्द्र बन्न थालेका संयुक्त अरब इमिरेट्स (युएइ), कतार र मलेसीयाका लागि भने नेपाली भूमी प्रयोग गरेर युवतीहरू डान्सबार र क्लवहरूमा पुग्छन् । उनीहरूसँग तीन महिनाको भिजिट भिसा हुने गरेको छ ।
यस अलावामा थाइल्यान्ड र भारतमा पनि नेपाली युवती पुग्ने गरेका छन् ।
हालै मात्र अफ्रिकी मुलुक केन्याबाट १२ नेपाली युवतीलाई डान्सबारबाट नियन्त्रणमा लिएपछि भिजिट भिसाको दुरुपयोग गरी त्यहाँसम्म पुगेको खुलेको छ । उनीहरू यौन कर्मका लागि कसरी आइपुगे भन्ने केन्या प्रहरीले छानबिन गरिरहेको छ ।
कसरी पुग्छन् विदेशी क्लवसम्म ?
खासगरी नेपाली क्लव र डान्सबारमा काम गर्ने युवती नै विदेशी क्लवसम्म पुग्ने गरेका छन् । उनीहरू नेपालमा राम्रो आम्दानी नभएपछि विदेशी क्लवसम्म पुग्ने प्रलोभनमा पर्छन् ।
नेपालका पाँचतारे होटलमा रहेका क्यासिनो क्लवहरूमा नाच्ने र मनोरञ्जन प्रदान गर्नेहरू यसरी विदेशसम्म पुग्नेको संख्यामा बढी हुन्छन् ।
खासगरी क्यासिनोमा आउने विदेशी जुवाडे र दलालको प्रस्तावको प्रलोभनमा परी नेपाली युवती विदेशी क्लवमा नाङ्गो नाच र यौनकर्मसम् मगर्न तयार हुन्छन् । उनीहरूका लागि खर्चको व्यवस्था तिनै दलाल र विचौलियाहरूले गरेका हुन्छन् ।
कतिपय प्रभावमा पर्छन् भने कतिपय रहरले पनि पुगेका हुन्छन् । एक प्रहरी अधिकारी भन्छन्,‘केही घटना र नेपालमा उद्दार गरी ल्याएका युवतीहरूले लोभका कारण त्यसरी पुग्ने गरेको बताएका छन् ।’
छोटो अवधिका लागि नेपाल सरकारले स्वीकृति दिएको भिजिट भिसाको दुरुपयोग गरी यस्तो काम हुने गरेको खुलेको हो ।
धेरै युवतीहरूले छोटो समयमा नै धेरै आम्दानी गर्ने रहरमा डान्सबार र रेष्टुरेन्टमा डान्सर बन्ने निधो गर्छन् । डान्ससँगै यौन व्यावसाय पनि गर्नुपर्छ भन्ने उनीहरूलाई जानकारी हुन्छ ।
दलालसँग सबै प्रकारका सहमतिका आधारमा भारतको विमानस्थलसम्म पुगेर सम्बन्धीत मुलुक पनि पुग्छन् । त्यहाँ काम गरी केही रकम आर्जन पनि हुन्छ । तर, जब पक्राउ पर्छन् अनि फँसेको र झुक्किएको भन्ने आरोप लगाउने गरेको पनि बताइन्छ ।
कम्तिमा मासिक दुई लाखभन्दा ज्यादा कमाई हुने देखेपछि युवती प्रलोभनमा पर्छन् । कतिपय मुलुकमा भने तीन महिनाको अवधिमा लाखौं कमाई समेत हुने गरेको पाइन्छ ।
यसरी विदेशमा रहेका क्लवमा नेपाली युवती लैजाने गिरोह नै सञ्चालन गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही पनि चलाएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #यौनकर्म
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्