Techie IT
मंगलबार, वैशाख २३,२०८२

काठमाडौंमा दिनदहाडै गोली हानी यसरी व्यापारी मारियो , हेर्नुस् सीसीटीभी फुटेज


काठमाडौं, ३ असोज । देशको राजधानीमै सोमबार साँझ व्यापारीको गोली हानी हत्या भएको छ ।

सर्लाहीको हरिवन घर भएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको गोली हानी हत्या भएको हो ।

मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर कारमा गोठाटार फर्किएका थिए । कारबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भयो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए ।

गोली चल्न थालेपछि मोहम्मद गोली छल्नलाई कारको वरिपरि भाग्दै घुमिरहे तर हतियारधारीले गोली हान्न रोकेनन् । घटनास्थलको सीसीटीभी फुटेजमा रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिहरुले गोली हानेर भागेको देखिएको छ ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको सीसीटीभीमा देखिएको छ । गोली लागेर मोहम्मद गम्भीर भएपछि गोली हान्ने समूह पेस्तोल त्यहीं फालेर मोटसाइकलमा भागेको प्रत्यक्षदर्शीको भनाइ छ ।

मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना थिए । घटनास्थलबाट पेस्तोल बरामद भएको छ । घटनास्थलमा काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।

मोहम्मदको त्रिवि शिक्षण अस्पतालमा उपचाररतको क्रममा मृत्यु भएको हो । उनी १० बर्ष जेल बसेर तीन बर्ष पहिला मात्र छुटेका थिए । गोलीकाण्डको पुरानो घटनासँगै कनेक्शन रहेको आशंका गरिएको छ ।

हेर्नुस् सीसीटीभी फुटेज


क्याटेगोरी : विशेष
ट्याग : #गोली हानी यसरी व्यापारी मारियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545