पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष नै पेट्रोलियम ठगीमा
पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष नै पेट्रोलियम ठगीमा काठमाडौं । पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष चर्तुभुज सरिया नेपालमा पेट्रोलियम ठगीमा संलग्न भएको पाईएको छ । गुणस्तर तथा नापतौल विभागले लगाएको सील तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने उपभोक्तालाई कम तेल दिएको उपभोक्ताको गुनासोका आधारमा चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्समा छानविन गरि शिलबन्दी गरिएको छ ।
एशोसिएसनमा आवद्ध रहेकै व्यक्ति ठगीमा संलग्न भएको जानकारी पाएपछि विभागले यो मुद्दालाई चनाखो भएर अनुसन्धान अघि बढाएको थियो । पम्पमा लगाइएको शिललाई विभागले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

विभागका अनुसार यी दुबै पम्पमा विभागले लगाएको शिल तोडेर नक्कली शिल लगाइएको थियो । यो दुबै पम्पका संचालक चर्तुभुज सरिया हुन् । मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने उनले भाडामा लिएर चलाएका हुन् । विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको आधारमा विभागले शिलबन्दी लगाएको हो।
विभागले पहिलो पटक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको हो। ‘हामीले पहिलो पटक विधि विज्ञान प्रयोगशालामा शिलबन्दी जाँच्न पठाएका थियौं । प्रयोगशालामा नक्कली शिल रहेको जानकारी पाएपछि हामीले कारवाही थालेका हौं’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
हामीसँग बलियो प्रमाण हुन आवश्यक थियो। विभाग अब अदालतमा मुद्दा हाल्ने तयारीमा छ । विभागले पम्पमा हुने ठगी नियन्त्रण गर्न देशब्यापी रुपमा अनुगमन गरिरहेको छ । विभागकै अनुगमनमा दुई महिना अघि सफ्टवेयर जडान गरेर उपभोक्तालाई ठगी गर्ने आधा दर्जन भन्दा बढी पम्पलाई कारवाही गरिसकेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #पेट्रोलियम ठगीमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्