पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष नै पेट्रोलियम ठगीमा

पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष नै पेट्रोलियम ठगीमा काठमाडौं । पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष चर्तुभुज सरिया नेपालमा पेट्रोलियम ठगीमा संलग्न भएको पाईएको छ । गुणस्तर तथा नापतौल विभागले लगाएको सील तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने उपभोक्तालाई कम तेल दिएको उपभोक्ताको गुनासोका आधारमा चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्समा छानविन गरि शिलबन्दी गरिएको छ ।
एशोसिएसनमा आवद्ध रहेकै व्यक्ति ठगीमा संलग्न भएको जानकारी पाएपछि विभागले यो मुद्दालाई चनाखो भएर अनुसन्धान अघि बढाएको थियो । पम्पमा लगाइएको शिललाई विभागले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
विभागका अनुसार यी दुबै पम्पमा विभागले लगाएको शिल तोडेर नक्कली शिल लगाइएको थियो । यो दुबै पम्पका संचालक चर्तुभुज सरिया हुन् । मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने उनले भाडामा लिएर चलाएका हुन् । विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको आधारमा विभागले शिलबन्दी लगाएको हो।
विभागले पहिलो पटक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको हो। ‘हामीले पहिलो पटक विधि विज्ञान प्रयोगशालामा शिलबन्दी जाँच्न पठाएका थियौं । प्रयोगशालामा नक्कली शिल रहेको जानकारी पाएपछि हामीले कारवाही थालेका हौं’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
हामीसँग बलियो प्रमाण हुन आवश्यक थियो। विभाग अब अदालतमा मुद्दा हाल्ने तयारीमा छ । विभागले पम्पमा हुने ठगी नियन्त्रण गर्न देशब्यापी रुपमा अनुगमन गरिरहेको छ । विभागकै अनुगमनमा दुई महिना अघि सफ्टवेयर जडान गरेर उपभोक्तालाई ठगी गर्ने आधा दर्जन भन्दा बढी पम्पलाई कारवाही गरिसकेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #पेट्रोलियम ठगीमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्