कर्मचारी अध्यादेशलाई विधेयक बनाउने तयारी

सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ ।
अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशलाई विधेयक बनाउनका लागि संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार विधेयक बनाउन थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विधेयकका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट कानूनी राय मागी संसद्मा पेश गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरिएको छ ।
सरकारले संसद् नचलेका बेला तीनै तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश जारी गरेको थियो । पछि अध्यादेशलाई प्रतिनिधिसभाबाट गत पुस १७ र राष्ट्रियसभाबाट पुस २० गते पारित गरिएको थियो ।
अध्यादेशमा भएका व्यवस्थालाई जस्ताकोतस्तै विधेयकमा राखेर अध्यादेशलाई प्रतिस्थापन गरिनेछ ।
यसैगरी मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कर्मचारी समायोजनका आगामी फागुन ३ गतेभित्र सक्ने गरी काम भइरहेकोे बताउनुभयो ।
मन्त्रालयले पहिलो चरणमा सङ्घअन्तर्गत रहेका सेवा समूहको समायोजन सकेर मन्त्रालयले तीनै तहमा रहेका कार्यालयमा कर्मचारीलाई समायोजन गर्ने तयारी रहेको छ ।
उहाँका अनुसार अहिले उपसचिवदेखि तल्लो तहका कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि कर्मचारीको विवरण अद्यावधिक भइरहेको छ । सचिवको समायोजन सकेर मन्त्रालयले सहसचिवको समयोजन गर्ने तयारी गरेको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गदैछ ।
क्याटेगोरी : विशेष
ट्याग : #कर्मचारी अध्यादेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्