बालाजु, त्रीशुली छहरे सडकका काम अलपत्र पारेपछि प्रचण्डको घरबेटीको कम्पनी कालोसूचीमा

काठमाडौं, ८ भदौ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
जसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड बसेको खुमलटारस्थित घरका धनी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सनसहितका कम्पनी रहेका छन् ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर नगरकोट सिपाघाट, बालाजु, त्रीशुली छहरे विदुर सडकका काम अलपत्र पारेपछि शैलुङ प्रतिबन्धमा परेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कालो सूचीमा राखिएको सूचना नै आज प्रकाशित गरेको छ । शैलुङका मुख्य व्यक्ति अनुप अधिकारी रहेको उल्लेख छ जो शारदाप्रसाद अधिकारीका छोरा हुन् ।
चिनियाँ कम्पनी जोङडिङ इन्टरनेशनल इन्जिनियररिङ लिमिटेड पनि कालो सूचीमा परेको छ । उक्त कम्पनीले हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अलपत्र पारेपछि नेपाल विद्युत प्राधिकरणको सिफारिसमा ३ वर्षका लागि कालो सूचीमा राखिएको सूचना जारी भएको छ ।
यी हुन् कालोसूचीमा परेका १० कम्पनीः
क्याटेगोरी : विशेष
ट्याग : #प्रचण्डको घरबेटीको कम्पनी कालोसूचीमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्