Techie IT
मंगलबार, वैशाख २३,२०८२

झापामा १०० भन्दा बढी कांग्रेस कार्यकर्ताले दिए राजीनामा


झापा । झापामा १०० भन्दा बढी कांग्रेस कार्यकर्ताले राजीनामा दिएका छन् । स्थानीय तह चुनावको टिकट बाँडफाँडको विषयलाई लिएर कांग्रेसमा असन्तुष्टि भएका कांग्रेस कार्यकर्ताहरुले राजीनामा दिएका हुन् । कार्यकर्ताको भावनाअनुसार टिकट वितरण नभएको भन्दै १०० जना भन्दा बढी नेता तथा कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका छन् ।

कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि दयानन्द गोस्वामीसहित सामूहिक राजीनामा दिएका हुन् । गोस्वामी कांग्रेस झापाका पूर्व जिल्ला सचिवसमेत हुन् । कार्यकर्ताको भावनाविपरीत गठबन्धन गरेकाले आफू पार्टीमा रहनुको कुनै तुक नरहेको गोस्वामीको भनाइ छ ।

नेपाली कांग्रेसबाट कन्काई नगरपालिकाको मेयरमा चर्चा भइरहेका शेरबहादुर थापाले पनि पार्टी परित्याग गरेका छन् । उनले पार्टीभन्दा व्यक्ति खराब भएको प्रतिक्रिया दिँदै पार्टी छाडेका हुन् । २०३७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय थापाले पार्टीमा लोभीपापीहरू हावी भएको टिप्पणी गरेका छन् ।


क्याटेगोरी : विशेष, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545