भरतपुरमा कांग्रेस असन्तुष्ट पक्षबाट पूर्वसांसद पौडेल मेयरमा स्वतन्त्र उम्मेदवार

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस असन्तुष्ट पक्षको तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिने भएका छन् । असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पार्टी कार्यालय कमलनगर नारायणगढमा आज भएको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट स्वतन्त्र उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् ।
असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि तालाबन्दी समेत गरेका थिए । स्वतन्त्र उमेदवारी घोषणा गर्ने कार्यक्रममा असन्तुष्ट कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङ भने सहभागी भएनन् ।
पूर्वसांसद पौडेलले महानगरको मेयरमा आकांक्षासमेत राखेका थिए । पौडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रिय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लोहनीले जानकारी दिए ।
उनलाई कांग्रेस महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्व सांसद भिमबहादुर श्रेष्ठले समर्थन गरेका थिए । मेयर उम्मेदवार बनेका नेता पौडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । उनले भोलि दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चौविसकोठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने बताए ।
महासमिति सदस्य खरलले असल र इमान्दार कार्यकर्ताले नेतृत्वको गलत निर्णयका विरुद्ध बोल्न सक्नुपर्ने बताइन् । कांग्रेस पार्टी बचाउनका लागि आफुलाई नेतृत्वले कारबाही गरेपनि गलत निर्णयलाई गलत नै भन्ने उनले प्रष्ट पारिन् ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्