Techie IT
आईतबार, असार ८,२०८२

आजदेखि मेलम्चीको खानेपानी सुरुङमा खसालिने, कहिले आउँछ काठमाडौं ?


काठमाडौं । मेलम्चीको खानेपानी (आज) मंगलबारदेखि सुरुङमा खसालिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा खसालिने जनाएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी खसालिने तयारी भएको बताए । गत असार १ गते आएको भीषण बाढीले मेलम्ची खानेपानीमा ठूलो क्षति गराएको थियो ।

तर, हाल केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी खसाल्न तयारी भएको बताइएको छ ।

आज अम्बाथानमा खानेपानीमन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरले अनुसार काठमाडौंमा पानी आउन अझै दुई साताजति बताए ।

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।


क्याटेगोरी : विशेष, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:07 am7:03 pm +0545