Techie IT
सोमबार, वैशाख २२,२०८२

चुरोट छोड्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय


चुरोटले स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुँदा हुँदै पनि कतियपले चुरोटको लत छोड्न सकेका हुँदैनन् ।

चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। उक्त हेल्पलाइन सेवाले चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्न दिने गरेको सुझाव यस्ता छन्ः

-बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने ।

-जब चुरोट पिउन तलतल लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।

-चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ ।

यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।

-अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।

चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ।


क्याटेगोरी : विशेष
ट्याग : #चुरोट छोड्न


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545