Techie IT
मंगलबार, वैशाख २३,२०८२

जनताले मौलिक अधिकार पाउनुपर्छ : राष्ट्रपति भण्डारी


रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छन् ।

रौतहटको माधव नारायण नगरपालिका–३ मा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वर्गीय गजेन्द्रनारायण सिंहको सपना साकार भएको स्मरण गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनमा सिंहको अग्रणी भूमिका रहेकाले उनकै नाममा निर्माण गरिएको अस्पतालबाट स्थानीयले सेवा, सुविधा लिएपछि सिंहको नाम अमरत्व प्राप्त गर्ने बताइन् ।

एक अर्को प्रसङ्गमा उनले भनिन्, ‘किसानको लागि मल, सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती व्यवस्थित, चुरे क्षेत्र संरक्षण, भूमिगत जलस्रोत र धार्मिक पर्यटन सुदृढ बनाइ आर्थिक उन्नतिको लागि तीनै तहको सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’

उक्त कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा संघीय सांसद राजेन्द्र महतो, संघीय सांसद अनिलकुमार झा, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, आयोजक संस्थाका अध्यक्ष दिगम्बर झा, प्रदेशमन्त्री नवलकिशोर साह, भारतीय महावाणिज्य दूत नितेशकुमार, डा प्रभुप्रसाद साहलगायत वक्ताले स्व सिंहको जीवनीबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।


क्याटेगोरी : विशेष, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545